इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपको उपाधि म्यानमारलाई,नेपाल पराजित



काठमाडौं । इन्टरनेशनल वुमेन्स च्याम्पियिनसिपको उपाधि म्यानमारले जितेको छ।बुधबार त्रिपुरेश्वरस्थिित दशरथ रगंशालमा सम्पन्न खेलमा घरेलु टोली नेपाललाई २-० ले हराउँदै उपाधि चुमेको हो।

निकै रोमान्चक बनेको फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। त्यसपछि खेलको ६२औँ मिनेटमा म्यानमारले गोल गर्द नेपालविरुद्ध अग्रता लिएको थियो।

पहिलो गोल भएको दुई मिनेटपछि नै म्यानमारले नेपालविरुद्ध दोस्रो गोल गर्यो। म्यानमारको लागि पहिलो गोल यु पर कियाङले गरिन्।त्यसपछि खेलको ६४औँ मिनेटमा विङ तेइन्जी तुनले गोल गरेर म्यानमारलाई सफलता दिलाइन्।

नेपालले भने राम्रो अवसर पाए पनि त्यसको सदूपयोग गर्न सकेनन्।

गता फागुन ५ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक राष्ट नेपालसहित, लेबनान, र्किगिस्तान र म्यानमारले सहभागीता जनाएको थियो।

प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार  ९ : ०४ बजे