काठमाडौँमा पक्राउ परे २५ करोड नगद बोकेका ट्रक ड्राइभर



काठमाडौँ । प्रहरीले करिब २५ करोड नगद सहित दुई जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट नेपाली रुपैयाँ, अमेरिकी डलर र युरो बरामद भएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार उनीहरू काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना।१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ। उनीहरूमध्ये एक जना ट्रक चालक हुन्।

यो विषयमा प्रहरीले विस्तृत जानकारी खुलाएको छैन।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  १० : ४८ बजे