५३.०४ अंकले घट्यो सेयर बजार,६ अर्ब ३२ करोडको कारोबार



काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५३.०४ अंकले घटेको छ। योसँगै नेप्से २६१६ अंकमा कायम भएको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो।

२३० वटा कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य बढ्यो। सबै सेक्टरका सूचक घटेका छन्।

कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो। मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे।

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार  ३ : ३८ बजे