सोम दियाली, सर्लाही
भदौ १५ – नदीमा हाम फालेर सर्लाहीको रामनगरमा एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका वडा नम्बर १ स्थित मनुष्मारा नदीमा हाम फालेर सोही गाउँपालिका वडा नम्बर ३ झण्डा टोल बस्ने स्थानीय रामप्रवेश सहनीकी श्रीमती २५ वर्षिया रामदुलारी सहनीको मृत्यु भएको हो ।
ती महिला किन नदीमा हामफालिन भन्नेवारेमा प्रहरीले अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पानी हाम फालेको थाहा पाउने वित्तिकै प्रहरी चौकी गडहियाबाट प्रहरी नायव निरीक्षक शम्भु पाठकको कमाण्डको प्रहरीको टोली र शसस्त्र प्रहरीको टोलीले नदीबाट शव निकाली घट्नाको मुचुल्का गरी शवलाई पोष्टमाटमको लागि सर्लाही जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले बताए ।










