कुलमान घिसिङलाई हटाएको विरोधमा प्रदर्शन, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरु)



काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा बुधबार पनि प्रदर्शन जारी रहेको छ।

युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी नै परेको थियो।

नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

उनको स्थानमा नियुक्त गरिएका हितेन्द्रदेव शाक्यले मंगलबार पदभार ग्रहण गरिसकेका छन्।

प्रकाशित मिति : चैत्र १२, २०८१ बुधबार  २ : ४० बजे