काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्ने तयारी गरेका छन्
। यी प्रदर्शनहरूलाई ध्यानमा राख्दै सरकार र स्थानीय प्रशासनले उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई विरोध प्रदर्शनको सुरक्षा व्यवस्थापनलाई संयुक्त सुरक्षा संयन्त्रका माध्यमबाट सुदृढ बनाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा अधिकारीहरूले भने, कुनै अप्रिय घटना नहोस् भन्ने सुनिश्चित गर्न विशेष निगरानी राख्ने तयारी गरेका छन् ।










