वीरगन्जमा छात्रामाथी एसिड प्रहार, घाइते छात्रालाई उपचारका लागी काठ्माण्डौ ल्याइदै



वीरगन्ज-

वीरगन्ज ३ छपकैयाकी  मुस्कान खातुन तेजाब प्रहारबाट घाइते भएकी छिन् ।

त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा अध्यनरत खातुन विद्यालय जाँदै गर्दा दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा मुस्कानमाथि एसिड प्रहार गरेका हुन । खातुन बिद्यालय जाँदै गरेका बेला शुक्रबार बिहानै १६ बर्षिय सम्साद आलम र मजिद आलमले एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्ने सम्सादलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनका सहयोगी मजिद आलम भने हालसम्म फरार रहेको तथा उनको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

एसिड प्रहारबाट छात्राको छाती, पेट र अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि शुक्रबार बिहान नारायणी अस्पताल लगिएकोमा नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार  ६ : ३३ बजे