तनहुँ-
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भाषणले मात्र देश विकास हुने भए नेपाल पहिल्यै बिकसित देश बनी सक्ने बताएका छन ।
विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलले शनिबार तनहुँको भिमादमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सरकार सरकार गफ र भाषणमा अल्मलिएको आरोप लगाउदै भाषणले ‘पानी जहाज, रेल, घरघरमा ग्याँस नआउने बताएका हुन ।
सरकारले यति लामो अवधिसम्म जनता झुक्याउने काम गरेको उल्लेख गर्दै आश्वाशन मात्रै बाडेर जनाता नझुक्याउन पौडेलले सरकारलाई चेतावनी दिए । उनले दुई तिहाईको सरकार बनेदेखि देशमा सुशासन हराउँदै गएको बताए ।
भ्रष्टाचारमा लिप्त हुँदै गएकोले बिकाशको गती अघी बढन नसकेको बताउदै पौडेलले दिनहुँ भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि सरकार टुलुटुलु हेरेर मात्र बस्ने गरेको पौडेलले बताए ।
‘यो सरकार आएदेखि भ्रष्टाचार मौलायो,’ उनले भने, ‘दुई तिहाईको सरकार बनेदेखि देशमा सुशासन हराउँदै गएको छ ।’ उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग साना कर्मचारी कारबाहीमा केन्द्रीत भएर ठुला माछा समाउन चुकेको बताए ।
उनले राज्य दिनहुँ टाँट पल्टेको उल्लेख गर्दै कुरा मात्र गरेर समृद्धि र विकास नहुने स्पष्ट पारे ।










