ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै



काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेल स्थित एलओडी क्लबमा आउने भएका छन् ।

कार्लोस मंगलबार बैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।

उनले भने,‘शुक्रबार आउने पुर्व जानकारी थियो तर उहाको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मंगलवार आउन लागेको हो । उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लाष छाउने छ ।’

कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  १० : ४१ बजे