मलेसियाको रोजगारी खुल्यो : अब नेपाली कामदारले पैसा नतिरी मलेसिया जान पाउने



काठमाडौं-

बन्द रहेको मलेसियाको रोजगारी अब खुल्ने भकेको भएको छ । दुइ देश बिच मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो । मलेसियाको रोजगारी करीब १५ महिनादेखि बन्द रहेको थियो ।

नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा छलफलपछि तत्कालका लागि मलेसियाको रोजगारी खुल्‍ने भएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

बिहीबार भएको बैठकको सहमती अनुसार नेपाली कामदार अब कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् ।

कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

यस अघी  मलेसियासँग श्रम समझदारी भएपनि स्वास्थ्य संस्थाको विषयमा कुरा मिल्न सकेको थिएन। नेपालले नयाँ स्वास्थय संस्थालाई पन सूचिकरण गरेर स्वास्थ्य परीक्षणको बाटो खुल्ला गर्नु पर्ने बताएको थियो तर नेपालस्थित मलेसियन दूतावासले पहिलेकै ३७ वटा स्वास्थ्य संस्थालाई मात्रै स्वास्थ्य परीक्षण गर्न अनुमति रहेको पत्र पठाएपछि थप अन्यौलता सिर्जना भएको थियो।

बिहीबार भएको सहमति पछी नेपालले सूचीकरण गरेका ८६ वटा नयाँ स्वास्थ्य संस्था थप्ने प्रक्रिया मलेसियाले आगामी नोभेम्बर पहिलो हप्ताबाट सुरु गर्नेछ। साथै अब मलेसिया जाने नयाँ कामदारको रोजगारी शून्य लागत, स्वास्थ्य परिक्षणको सिण्डिकेट अन्त्य, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी हुनेछ।

 

प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार  ११ : १३ बजे