बुटवल
बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा नजिकै पहिरो खसेर २ वटा जीप पुरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेको हो ।
सिद्धार्थ राजमार्गको उक्त सडक खण्डमा जीप पुरिएपछि एक जनाको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।
मृत्यु हुनेमा रुपन्देहीका मक्रहरका चालक कमल परियार रहेका छन् ।
तिनाउ गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा घटना भएको हो ।
पहिरोमा पुरिएका दुइवटै जीप पाल्पाबाट बुटवल जने क्रममा रहेको प्रहरिले बताएको छ ।
उद्धार कार्य जारी रहेकोले घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरिले बताएको छ ।