बाँके-
पछिल्लो समय देशैभरी नेपाली कांग्रेसमा प्रबेश गर्नेहरुको लहर चल्न थालेको छ ।नेकपा नेतृत्वको बर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा उक्त पार्टिका नेता कार्यकर्तामा बढ्दै गएको बिचलनका कारण नेकपा छोडेर काँग्रेसमा आउनेहरु पछिल्लो समय बढ्दै गएका छन ।
यसै बिच बाँकेमा नेकपा परित्याग गरी ठुलो सङ्ख्यामा नेकपा नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।बाकेको कोहलपुरमा शनिबार दर्जनौंको सख्यामा नेकपाका नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले उनीहरुलाई स्वागत गर्दै सदस्यता दिएर नेपाली कांग्रेसमा स्वागत गरे ।
राप्तीसोनारीस्थित नेकपाका क्षेत्रीय सदस्य मनोज बैश्य, राप्तीसोनारी १ निवासी नेकपाका स्थानीय नेता एवम् तत्कालिन स्थानीय तह निर्वाचनमा वडा सदस्यका उम्मेदवार जनक खड्का, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ निवासी बिनोद चौधरी, दीपक राना, सुकराम राना, दुर्गा बिक, ससिराम राना, संगिता बिक, सुमन बिक, धनकुमारी बुढाथोकी, सपना बिक तथा कोहलपुर ११ का सिताराम थारु, गणेश खत्री, गोपाल लम्साल, कोहलपुर १० का प्रेमराज भट्टराई तेस्तै कोहलपुर ८ पिपरी निवासी शिवलाल बुढा, पविक बिक, हुमकली डाँगी, प्रेमकुमारी चौधरी, कोहलपुर १५ का प्रेमप्रसाद बोहरा, कोहलपुर १३ का बिरसिंह घर्ती, कोहलपुर ११ बसपार्कका कबिन्द्र भट्टराई, कृष्ण रेग्मी, कोहलपुर १ कौशिलानगरका यमबहादुर थापा, प्रदिप शाही, गगन गुरुङ, देवबहादुर थापा, भरत दर्लामी, अर्मन सुनार, गोविन्द केसी, अजित नेपाली, किसन बस्नेत, लगायत ठुलो सङ्ख्यामा नेकपा नेताकार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेका हुन ।
चौतर्फी आलोचना हुँदा पनि सरकार र पार्टिको नेतृत्वले जनाता र पार्टिका इमान्दार नेताकार्यकर्ताको कुरा सुन्न छोडेको र नेकपाको राजनिती भबिष्य अन्योल देखिन थालेकाले आफुहरुले नेकपा छोडेको उनिहरुले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले नेकपाका कार्यकर्ताले कांग्रेसको जनजागरण कार्यक्रममाथि आक्रमण गर्दा पनि सरकारले दोशिलाई कार्बाही गर्ने सङ्केत नदेखाएकोमा सरकारको कडा आलोचना गरे ।
कम्युनिष्ट सरकारको विरुद्ध जनताले स्वतन्त्र पुर्वक बोल्न समेत नपाउने अवस्थाअ आएको भन्दै शभापती देउबाले फेरी पनि लोकतन्त्र जोगाउनु पर्ने चुनौती आएकोमा जोड दिए ।