पोखरा –
गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिकाका वडाध्यक्ष सहित ३ जना पक्राउ परेका छन् ।
कास्कीको माछापुछ्रे गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर ३ का वडासदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्री पक्राउ परेका हुन ।
वडा प्रहरी कार्यालय बगरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
गाउँपालिका कार्यालयसँग सूचना माग गर्दा नदिएको भन्दै वडाध्यक्ष सहितको आक्रोशित भीडले भदौ २५ गते कार्यालयमा क्षति पु¥याएको थियो ।
उनीहरुसहित ४५ जना विरुद्ध गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले किटानी जाहेरी दिएकी थिइन् ।
स्थानीयका अनुसार गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीराम गुरुङ नेतृत्वको टोलीले सूचना माग गरेको र सूचना उपलब्ध गराइएको गाउँपालिकाको दाबी छ ।
किटानी जाहेरीमा उल्लेख गरिएका अन्यको खोजी भइरहेको बगरका इन्स्पेक्टर दीपक थापाले जानकारी दिए










