काठमाडौँ,
संविधान दिवसको अवसरमा असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको अवसरमा सरकारी अस्पतालका ओपीडी सेवा निशुल्क गर्न लागको हो ।संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने सरकारी तयारी रहेको छ । असोज २ गते संघअन्तर्गत अस्पताल, प्रदेशस्तरका अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रदेखि सबै स्वास्थ्य संस्थाले लिने ओपिडी शुल्क नलिनसमेत मन्त्रालयले निर्देशन दिएको बताइएको छ ।
संविधान दिवसलाई भव्यताको साथ मनाउँने सरकारी योजना छ । संविधान दिवसको अवसरमा सबै घर घरमा राष्टिय झण्डा फहराउन समेत आग्रह गरेको छ । केहि दलहरुले भने संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँने तयारी गरेका छन्










