काठमाडौं । इरानले कतारको दोहास्थित अमेरिकी सुरक्षा बेसमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने भएको छ ।
नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान आज दिउँसो १२:०० बजे सञ्चालन हुने जानकारी दिएको हो ।
नेपाल एयरलाइन्सको विमान हिजो (सोमबार) राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।