विराटनगरको नोबेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौँ। कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामको सूर्योदया नगरपालिकाकी ३९ वर्षीय महिलाको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए।

जानकारी अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा कोरोना परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण देखिएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिए ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको प्रदेश स्वास्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : असार १०, २०८२ मंगलबार  १ : ५७ बजे