काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।
भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको बलात्कारपछि हत्या भएको हो ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार १० असारको राति बालिकामाथि सामूहिक बलात्कार पछि हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनूसार घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।