चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य छैन : बालकृष्ण खाँण



चितवन–

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले नेपाललाइ कम्युनिष्टकरण गर्न खोजेको आरोप लगाउदै सरकारको तेस्तो प्रयत्न मान्य नभएको बताएका छन । चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका हुन ।

जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको उल्लेख गर्दै खाँणले प्रजातन्त्र मास्ने खालका कुनै पनि गतिबिधी अस्विकार्य रहेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको ब ताउदै संविधान असफल बनाउने प्र या स भए त्यो आमाअन्य भएकोमा जोड दिए ।

सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताए । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  १० : ३७ बजे