गाई काट्ने तीनजना पक्राउ



नेपालगञ्ज –

गाई काट्दै गरेका तीनजना बाँकेमा पक्राउ परेका छन् ।

खजुरा–७, बढुवाको खेतमा गाई काटेका सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँलाई इलाका प्रहरी कार्यालय, धनौलीले पक्राउ गरेको हो । बुधबार राति ११ बजे गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरीहरु त्यसतर्फ गएका थिए । प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु ल्याइसकेका थिए ।

इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाका अनुसार, तीनजनाको घरबाट मासु बरामद गरिएको बताए । अर्का एकजना फरार रहेका छन् । तीनजनाको घरबाट ५० किलो मासु बरामद भएको छ । घटनास्थलमा टाउको र खुट्टा फेला परेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौ हत्या मुद्दा दायर गरिने बताए ।

 

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  ८ : ०२ बजे