२०७६ असोज १२ गते देखी गते सम्मको राशिफल ( नेपाली पात्रोबाट)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,
प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बुधवारदेखि स्वास्थ्य र आम्दानी कमजोर रहनेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले विशेष जिम्मेवारी पाइनेछ। तत्काल ठूलो फाइदा नदेखिए पनि दिगो काम प्रारम्भ हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा पहिलेको समस्याले काममा अलमल्याउन सक्छ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिस्पर्धाको दौडमा सहयात्रीहरूलाई उछिन्न सकिनेछ। कामका बाधाहरू स्वतः हट्नेछन्। विजेताका रूपमा मानसम्मान पाइने समय छ। व्यापार विस्तार हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। वादविवादबाट टाढा रहनुहोला। सप्ताहान्तमा कामको चाप बढ्नेछ। स्वास्थ्य भने कमजोर रहने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थता र घरेलु समस्याले काममा बाधा हुन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरू जुर्मुराउनेछन्। सोमवारदेखि स्थितिमा सामान्य सुधार आउनेछ। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुनेछ। बुधवारपछि मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायमा पनि प्रतिस्पर्धीहरू परास्त हुनेछन्। रचनात्मक काममा प्रवृत्त भइएला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा सोखले खर्च बढाउनेछ भने व्यवसायका सन्दर्भमा यात्रा हुने सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् भने पहिलेको नतिजाले पनि उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सोमवार र मंगलवार भने आफ्नैबाट धोका हुन सक्छ। बेसुरमा दिएको वचनले पनि समस्या निम्त्याउन सक्छ। बुधवार मध्याह्नदेखि स्थितिमा सुधार आउनाले रचनात्मक काममा रुचि बढ्नेछ। गुरुजनको सहयोग जुट्नेछ भने विदेश ताक्नेहरूलाई पनि अध्ययनको मार्ग खुल्नेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई हराउँदै अवसर हात पार्न सफल भइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे –
साताको सुरुमा विवादास्पद जिम्मेवारी आउनाले होसियारपूर्वक काममा जुट्नुपर्ला। सोमवारदेखि सहयोगीहरू जुट्नाले धेरै काम बन्नेछन्। आँटले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ। बुधवार मध्याह्नदेखि घरायसी व्यवहारले काम रोकिन सक्छ। अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि सप्ताहान्तमा अध्ययनले उचाइमा पुर्याउन सक्छ। सहपाठीहरू पछि पर्नेछन् भने विद्यार्थीका लागि सप्ताहान्त विशेष फलदायी रहनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
इच्छाशक्ति बढ्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर जुट्नेछ। सुखद् समाचारले व्यापार र काममा उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रतिष्ठित काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएको काम सजिलै सम्पादन हुनेछ। आयआर्जन मनग्य हुनेछ। सप्ताहान्तमा घरेलु समस्याले अलमल्याउन सक्छ। बन्धु–बान्धवबीच आत्मीयतामा केही कमी आउला।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते –
प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने कर्मयोगले उचाइमा पुर्याउन सक्छ। आफन्तसँगको भेटघाटले आनन्द प्राप्त हुनेछ। अध्ययनले पनि प्रगतिको मार्ग अवलम्बन गर्नेछ। पार्टी तथा भोजभतेरको निम्तो प्राप्त हुन सक्छ। अभिव्यक्ति–कलामा निखारता आउनेछ भने उद्योग–व्यवसायमा फाइदा हुनेछ। सप्ताहान्तमा घरेलु समस्यामा अलमलिनुपर्ला। सहयोगीहरू टाढिनाले काममा पनि व्यवधान हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा उठ्नुपर्ने रकम हातलागी हुनेछ र आम्दानी बढ्नेछ। तर खर्च समेत बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। सोमवार र मंगलवार खर्च लागे पनि विदेश ताक्नेहरूका लागि अवसर प्राप्त हुनेछ। बुधवारपछि रोकिएका काम बन्नुका साथै कर्मयोगले उचाइको बाटो समाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तर्कद्वारा ज्ञानलाई निखार्ने अवसर जुट्नेछ। कर्मयोगले नाम र दाम दिलाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा प्रतिष्ठित काम गर्दै कीर्तिमानी हासिल गर्ने समय छ। कर्मयोगले उचाइमा पुर्याउनेछ। कामको सन्दर्भमा वरिष्ठ व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले कीर्तिमानी समेत दिलाउन सक्छ। मंगलवारसम्म राम्रै आम्दानी हुनेछ। बुधवार मध्याह्नदेखि खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ। पछिका लागि लगानी गर्नुपर्ने देखिन्छ। आफन्तबाट टाढिनुपरे पनि पनि यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ। सप्ताहान्तमा पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ। मिहिनेत गर्दा सफलताको उचाइमा पुग्न सकिनेछ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा अरूको हस्तक्षेपले काम रोकिन सक्छ। तापनि दोहोर्याएर प्रयत्न गर्दा सोमवारदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम सुरु हुनेछ भने विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। आँट गर्दा सफलताले पछ्याउनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउन सक्छ। व्यापार बढ्नेछ भने आम्दानीका स्रोतहरू सबल बन्नेछन्। प्रयत्न गर्दा पछिका लागि रकम जोहो गर्न सकिनेछ। सप्ताहान्तमा भने आम्दानीका तुलनामा खर्च बढी हुनेछ। सञ्चित रकम अरूले हत्याउने कोसिस गर्नेछन्, सजग रहनुहोला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रकम सञ्चय नभए पनि आयस्रोत बढ्नाले घर–परिवारका समस्या समाधान हुनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। सोमवार र मंगलवार भने शारीरिक तथा मानसिक रूपमा कमजोर भइनेछ। अर्थअभावले कामको योजना रोकिन सक्छ। बुधवार मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। प्रयत्न गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। समस्या दर्साउँदा विशिष्ट व्यक्तिको साथ पाइनेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ। सप्ताहान्तमा आलोचकहरूले समस्या निम्त्याए पनि मिहिनेतले बिस्तारै काम बनाउन सकिनेछ।