काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संशोधन गरेर अधिकार खुम्च्याउने नभइ थप विस्तार गरेर अघि बढ्नुपर्ने बताए । थापाले नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने दिशामा अघि बढ्ने पनि उल्लेख गरे । शासकीय काममा भएका अवरोधहरुलाई सम्बोधन गर्न पनि महामन्त्री थापाको दाबि छ ।
महामन्त्री थापाले भनेो, ‘हामीले अब हाम्रो अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्ने, संशोधन गरेर अधिकार खुम्च्याउने होइन, थप विस्तार गर्ने, नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने हो । थप अधिकार सम्पन्न बनाउने तर सँगै शासकीय काममा जे अवरोध सिर्जना भएका छन्, ति अवरोधलाई पनि सम्बोधन गर्नेगरी कतिपय हाम्रा व्यवस्थालाई मिलाएर जाने हो । जसले गर्दा नेपालमा कुनैपनि नयाँ पुस्ताले प्रजातन्त्रको लाग लड्न नपरोस् ।’
महामन्त्री थापाले नौजवानलाई पार्टीमा ल्याएर उनीहरुमार्फत बाँकी कामहरु गराउन सक्नुपर्ने बताए।—न्युज एजेन्सी नेपाल









