यसरी मनाइयो ऋषिपञ्चमी (तस्बिरहरु)



काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइन्छ ।

महिलाहरुले रजश्वला भएको बेलामा अन्जानमा गरेका गल्तीको पाप नलागोस् भन्ने मनशायले सप्त ऋषिसहित वशिष्ठ पत्नी अरुन्धतीको पूजा गर्ने परम्परा छ ।

महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ

महिलाहरु आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने गर्दछन् ।

प्रकाशित मिति : भाद्र १२, २०८२ बिहीबार  १ : ५७ बजे