काठमाडौं । ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हून् ।
सञ्चारकर्मीहरुले लिपुलेक, लिम्यिाधुराको सीमा मिचेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठ्छ ? भन्दै प्रश्न गरेका थिए । जसमा प्रधानमन्त्री ओलीले अवश्य उठ्ने जवाफ दिए । चीनको तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन ओली चीन जाँदैछन् । —न्युज एजेन्सी नेपाल









