काठमाडौं, असोज २१,-
बडा दशैलाई नेपालिहरुको राष्ट्रीय चाड मान्ने गरिन्छ ।यस पर्बका अबसरमा अत्यावश्यक सेवा प्रबाह गर्ने सरकारी तथा निजी संस्था बाहेक अरु सबै संस्थाहरु समेत बन्द गरी सबैजना दशै मनाउन ब्यस्त हुने गरेका छन ।
पिङ खेल्ने,नयाँ कपडा लगाउने,दशै बिशेशका परिकारहरु सपरिवार खाने, साथिभाइ तथा नातागोता हरुलाई खुवाउने, साथिभाइ भेटघाट गरेर रमाइलो गर्ने र आफुु भन्दा ठुुला मान्यजनहरुबाट टिका र जमरा ग्रहण गर्दै आर्शिवाद थापेर दशै मनाउने सामाजिक प्रचलन रही आएको छ ।
यसै बिच नवरात्रिको दशौ बिजयादशमीको दिन आज आफुु भन्दा ठुुला मान्यजनहरुबाट टिका र जमरा ग्रहण गरेर आर्शिवाद थाप्दै बडा दशैको बिजया दशमि मनाइएको छ ।
बैद्धिक मन्त्र उच्चारण गरी मान्यजनको हातबाट टीका र जमरा लगाएपछि मनले चिताएको पुग्ने, सुख, शान्ति र सम्बृद्धि प्राप्त हुने बिस्वास परम्परादेखि रहिआएको छ।
नबारात्र अबधिभर बिधिपूर्वक देबिको पुजा गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।
भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद लिने दिने गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको टीका लगाउन जाने प्रचलन रही आएको छ ।
टीका लाउँदा दिने आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
भाबार्थ- द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस्।
उक्त आशीर्वचन सहित मान्यजनबाट टिका लगाउने गरिन्छ ।
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ भन्ने शाश्त्रीय मान्यता छ । ।