काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषणा गरी नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न माग गरिएको रिट अब पूर्ण सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार सो रिटलाई अग्राधिकारमा राखेर पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको हो ।
अधिवक्त वीरेन्द्र केसीले सरकारमा सहभागी भएको दल नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत नलिएकोले सरकारको वैधानिकता सकिएको दाबी गर्दै रिट दायर गरेका थिए ।









