काठ्माण्डौको टोखामा ११ जना जुवाडे पक्राउ



काठ्माण्डौ-

नेपाल प्रहरीले दुई लाख १४ हजार रुपैयाँ नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग तास र नगद दुई लाख १४ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस

प्रकाशित मिति : आश्विन २२, २०७६ बुधबार  २ : १७ बजे