काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा राख्दै थापाले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको भन्दै उनले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् ।
महामन्त्री थापाले सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने सामग्रीको मूल्यांकन, अनुगमन गर्दै जिम्मेवार बनाउन र दुरुपयोगलाई निरुत्साहित बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको पनि सरकारलाइ स्मरण गराएका छन् ।
उनले राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल सम्बन्धित कानुन निर्माणमा तदारुकता देखाउन पनि सरकारलाई आग्रह गरेका छन् ।









