एमालेको जारी विधान महाधिवेशनमा प्रश्तुत प्रतिवेदनमाथि छलफल जारि छ । ललितपुरको गोदावरीमा जारी पार्टीका विधान महाधिवेशनको दोस्रो दिन शनिवार अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गरेको विधान संशोधन प्रश्ताव र महासचिव शंकर पोखरेलले प्रश्तुत गरेको सांगठानिक प्रश्तावमाथि छलफल भइरहेको हो ।
१० वटा समूह बनाएर सो छलफल प्रारम्भ भएको पनि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले भने ‘आजको बन्दसत्रमा पार्टीका केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आयोगको काम कारबाही सम्बन्धि प्रतिवेदन प्रश्तुत गर्नुभयो । त्यसपछि केन्द्रिय लेखा परीक्षण आयोगका तर्फबाट डा. पुष्प कँडेलले आफ्नो प्रतिवेदन प्रश्तुत गर्नुभयो । र त्यसपछि केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव वडालले आफ्नो प्रतिवेदन प्रश्तुत गर्नुभयो । अनि सिंगो हललाई १० वटा समूहमा विभाजित ग¥यौँ । ७ वटा प्रदेश र गैर भूगोलमा ३ प्रदेशसहितको समूह छुट्टयाइएको छ । त्यसमा उपत्यका विशेष प्रदेश, जन संगठन र सम्पर्क समन्वय र प्रवासको एउटा समूह, केन्द्रिय निकायका प्रतिनिधिहरु, केन्द्रिय कार्यालय र विभाग समेत अर्को समूह बनाइएको छ । र अर्को दशौं समूहमा केन्द्रिय निकाय र आयोजक मात्र रहने गरी जम्मा १० वटा समूह बनाइएकोछ । अहिले ती समूहरुमा छलफल प्रारम्भ भएको छ ।’









