यसरि मनाईदै छ इन्द्रजात्रा (तस्बिरहरू)



काठमाडौँ – हरेक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन मनाइने इन्द्रजात्रा पर्व आज मनाइएको छ।

जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन्द्र साह लगायत वसन्तपुर पुगेका थिए।

विभिन्न देशका पाहुनाहरुले समेत इन्द्रजात्रा अवलोकन गरेका थिए ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने जात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

प्रकाशित मिति : भाद्र २१, २०८२ शनिबार  ६ : ३५ बजे