भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : भाद्र २४, २०८२ मंगलबार  ९ : १५ बजे