सर्वोच्च अदालत अनिश्चितकालका लागि बन्द



काठमाडौं ।सर्वोच्च अदालतबाट प्रवाह हुने कानुनी सेवा अनिश्चितकालका लागि स्थगित भएको छ ।

पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

जेनजीहरुको प्रदर्शनको क्रममा मंगलबार आगजनी भएपछि सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएका छ ।

हाललाइ अनिश्चितकालका लागि सुनुवाइ स्थगित गरिए पनि मुद्दाका फाइलहरु सबै जलेकोले अब कसरी सुरु हुन्छ भन्ने अन्योल समेत बाकी नै रहेको कानुनका जानकारहरुको मत छ ।

प्रकाशित मिति : भाद्र २५, २०८२ बुधबार  ११ : ०२ बजे