हुम्लाको सिमकोटबाट खार्पु जाँदै गरेको जीप दुर्घटना , सात जना घाइते



हुम्ला – हुम्ला सदरमुकाम सिमकोटबाट खार्पुतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

लु२च २२६७ नं को जीप दुर्घटना हुँदा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा, दीपक टमटा, हौसेली रोकाया र शैलेश रोकाया घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

जीपमा कति जना यात्रु सवार थिए भन्नेबारे जानकारी प्राप्त नभएको घर्तीमगरले बताए ।रासस-

प्रकाशित मिति : आश्विन २३, २०७६ बिहीबार  २ : २० बजे