सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त



काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छिन् ।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए ।

बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेसँगै प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छिन् ।

यो नियुक्तीसँगै वरिष्ठ अधिवक्ता सबिता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकि छन् ।

प्रकाशित मिति : भाद्र २९, २०८२ आईतबार  ७ : ०७ बजे