जेनजी आन्दोलनपछि प्रचण्ड सार्वजनिक, पार्टी केन्द्रीय कार्यालयको अवलोकन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेनजी आन्दोलनपश्चात सार्वजनिक भएका छन् ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालय अवलोकन गरेका छन् ।

यही भदौ २४ गते देशका अरू संरचनासँगै माओवादी कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको थियो ।

आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो ।

प्रकाशित मिति : भाद्र ३१, २०८२ मंगलबार  १२ : ३१ बजे