बालेनले हर्कलाई भने- तिमीले गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन



काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूले हर्क साम्पाङलाई माया गरिरहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्, डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

उनले लेखेका छन् यु आर माई ट्रु लभ ।

प्रकाशित मिति : भाद्र ३१, २०८२ मंगलबार  ३ : ४९ बजे