एकसाथ ४८ एसपी र ९० डीएसपीको सरुवा,को कहाँ पुगे ?



काठमाडौँ । नेपाल प्रहरीको जिम्मेवारीमा ठूलो हेरफेर भएको छ। जेनजी आन्दोलनपछि ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) र ९० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयले एसपी इन्चार्ज रहने ४८ एसपीको सरुवा गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीलाई बाँके, दीपेन्द्र पंजियार थारूलाई पाल्पा, कवित कटवाललाई मोरङ, दीपेन्द्र श्रेष्ठलाई पाल्पा, केशवकुमार थेबेलाई सुनसरी, गौतमकुमार केसीलाई सप्तरी, नवीन कार्कीलाई कास्कीमा सरुवा गरिएको छ।

यसैगरी नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्कालाई पूर्वी नवलपरासी, सन्तोष आचार्यलाई कपिलवस्तु, सूर्यबहादुर खड्कालाई भक्तपुरलगायतका जिल्लामा सरुवा गरिएको छ भने अन्य विभिन्न जिल्लामा पनि एसपीको जिम्मेवारी फेरिएको छ।

यस्तै सरकारले ९० जना डीएसपीको पनि सरुवा गरेको छ। काठमाडौँ उपत्यका वृत्तसहित विभिन्न कार्यालय, जिल्ला, इलाका र वृत्तको इन्चार्ज हेरफेर गरिएको हो।

प्रकाशित मिति : आश्विन २, २०८२ बिहीबार  ९ : ४६ बजे