काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ ।
बिहीबार उनीहरूबीच फोन वार्ता भएको हो।
वार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालमा हालै भएका दुःखद् घटनाप्रति समवेदना प्रकट गर्दै शान्ति र स्थिरता पुनःस्थापना गर्ने प्रयासप्रति भारतको अटुट समर्थन रहेको मोदीले जनाएका छन्।
वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनले नेपालको संविधान दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरेका छन्।









