काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।
भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरी घाइते बनाएका थिए।
देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार टाउकोको पछाडीपट्टी गम्भीर चोट छ र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ, त्योभन्दा तल गर्धनमा पनि चोट छ, दुवै चोट निको हुँदै गएको अवस्था छ, उहाँ सामान्य बोलचाल गर्नुहुन्छ, हिँड्नुहुन्छ,’ उनले भने।









