विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त,हितेन्द्रदेव शाक्य हटाइए



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शाक्यलाई प्राधिकरणबाट हटाइ जल तथा ऊर्जा आयोगमा सरुवा गरेको हो।

हितेन्द्रको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। शाक्यलाई आयोगमा सरुवा गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाललाई नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

तत्कालिन केपी ओली सरकारले गत चैत १० गते कुलमान घिसिङलाई हटाएर हितेन्द्रलाई कार्यकारी निर्देशक बनाएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई हटाउने निर्णय गरेको हो।

प्रकाशित मिति : आश्विन ५, २०८२ आईतबार  ८ : १७ बजे