पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग, भदौ २३ र २४ गतेको घट्ना छानबिन हुने



काठमाडौं, ५ असोज । सरकारले गत भदौ २३ र भदौ २४ गते भएको जेनजी आन्दोलनको घट्नाको छानबिनको लागि उच्चस्तरीय आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको हो ।

उक्त आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य बनाईएको छ ।

आयोगको लागि तीन महिनाको समय तोकिएको छ । जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो ।

दोस्रो दिन भदौ २४ गते पनि ठूलो संख्यामा नागरिकको ज्यान गएको छ । सरकारले उपलब्ध गराएको जानकारीअनुसार अहिलेसम्म ७३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०८२ आईतबार  ८ : ३७ बजे