स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी संगीताको नाम सूचीबाट काटियो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले काटेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (असोज ६) चारजनाको मात्र शपथ हुने राष्ट्रपतिको कार्यालयलाई जानकारी गराएको छ ।

आइतबार साँझ डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले उनको विवादास्पद विगत सार्वजनिक भएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन् ।

उनीविरुद्ध भ्रष्टाचारको उजुरीमा छानबिन भइरहेको विवरण सार्वजनिक भएपछि तत्काल नियुक्ति अघि नबढाउन राष्ट्रपतिको कार्यालयलाई आग्रह गरिएको थियो ।

प्रकाशित मिति : आश्विन ६, २०८२ सोमबार  २ : ०३ बजे