नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं, ६ भदौ । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा।मदन परियारलाई सिफारिस गरेकी थिईन् ।

सोहि अनुसार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

प्रकाशित मिति : आश्विन ६, २०८२ सोमबार  ३ : ३३ बजे