काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।
मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गरेका हून् ।
पदभार ग्रहण गर्दै उनले भू—उपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय पनि गरेका छन् ।
भू—उपयोग नियमावली बाधक बन्धा विद्युत लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको भन्दै उनले यस्तो निर्णय गरिएको बताए ।
उनले भू—उपयोग नियमावलीका कारण कित्ताकाट रोकिएको भन्दै उक्त निर्णय गरेको उनको भनाइ छ । कित्ताकाट रोकिएका कारणले विकाससम्बन्धी विषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उनले बताए । त्यस्तै मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने धारणा राखे । उनले भूमि बैंकको स्थापनाका गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।
मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा भएको आगजनीको घटनामा पनि आफ्नो कर्तव्य पुरा गरेको भन्दै कर्मचारीको प्रशंसा गरे ।









