टोपबहादुर रायमाझी फर्किए कारागार



काठमाडौं। नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

उनी हिजो (सोमबार) बेलुका केन्द्रीय कारागार सुनधारामा फर्किएका हुन् ।

उनी सोमबार साँझ आफैं कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए।

जेन–जी आन्दोलनका क्रममा कैदीबन्दीहरुले जेल तोडेर भाग्ने क्रममा गत भदौ २४ गते रायमाझी पनि फरार भएका थिए ।

प्रकाशित मिति : आश्विन ७, २०८२ मंगलबार  १ : ४४ बजे