काठमाडौं । सरकारले तीन जना सचिवको सरूवा गरेको छ।
गृहसचिव रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको हो भने गृहसचिवमा रामेश्वर दंगाललाई ल्याइएको छ।
उनी यसअघि रक्षा सचिव थिए।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमा दंगाललाई ल्याएको हो ।









