राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस

प्रकाशित मिति : आश्विन ८, २०८२ बुधबार  २ : ३७ बजे