रौतहट-
नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताब आलम पक्राउ परेका छन् । रौतहटको गौरबाट आइतबार बिहान सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई २०६४ सालको चैतमा भएको बमकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा जलाएर मारेको आरोप आलममाथि छ ।
मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद आलम काँग्रेस केन्द्रीय सदस्य एबम रौतहटका कांग्रेस पूर्व जिल्ला शभापती समेत हुन ।
उनी यसअघि श्रममन्त्रीसमेत भएका थिए ।
उनको पक्राउ विरुद्ध काँग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरिरहेका छन् ।
उनको पक्राउको बिषयमा नेपाली कांग्रेसले कुनै आधाकारिक धारणा सार्बजनिक गरेको छैन ।
आज देशैभर नेपाली कांग्रेसको चियापान कार्यक्रम रहेको र सबै नेताहरु उक्त कार्यक्रममा ब्यस्त रहेकोले छिट्टै पार्टिको धारणा आउने केन्द्रिय कार्यलय श्रोतले बताएको छ ।










