प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल, कुलमानको भारत भ्रमण स्वीकृत



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्।

असोज १४ गते (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ बैठकमा भाग लिन उर्जा जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ ।

तेस्तै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

प्रकाशित मिति : आश्विन १२, २०८२ आईतबार  ५ : ४२ बजे