राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेन—जीको एउटा समुहले बनायो वार्ता टोली



काठमाडौं । जेन—जीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो ।

वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०८२ आईतबार  ५ : ४६ बजे