ओली र लेखकसहित पाँच जनाको पास्पोर्ट रोक्का, विदेश जान रोक



काठमाडौं, १२ असोज । जेन–जी आन्दोलनमा भएको दमनबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिश अनुसार सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितलाई देशबाहिर जान रोक लगाएको छ ।

आयोगको सिफारिश अनुसार गृह मन्त्रायले उनीहरुलाई विदेश जान रोक लगाएको हो ।

सरकारले उनीहरुको पासपोर्ट रोक्का गरेको छ । उनीहरुलाई स्विकृतिबिना काठमाडौं उपत्यका छोड्न समेत नदिईने भएको छ ।

ओली र लेखकसहित काठमाडौंका तत्कालिन सिडिओ छविलाल रिजाल, तत्कालिन अनुसन्धान विभागका प्रमुख हुतराज थापा र तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीलाई विदेश जान रोक लगाएको हो ।

प्रकाशित मिति : आश्विन १२, २०८२ आईतबार  ८ : १४ बजे